दफा २४
आवास व्यवस्थापन समितिले संरक्षण, रेखदेख, मर्मत तथा स्याहार सम्भार गर्ने
(१) दफा २३ मा जुनसुकै कुरा लेखिएको भए तापनि संस्थापकले आफनो स्वामित्वमा रहेका सबै आवास इकाईहरू बेचबिखन गरेमा वा कुनै संयुक्त आवास भवनका सम्पूर्ण आवास इकाई धनीहरुले संयुक्त आवास भवनको संचालन आफैले गर्न लिखित सहमति जनाई संस्थापक समक्ष पेश गरेमा वा संस्थापक संगठित संस्था विघटन भै वा संस्थापक व्यक्ति टाट पल्टी साहूको ऋण तिर्न नसक्ने भै संयुक्त आवास भवन र सामूहिक क्षेत्र तथा सुविधाको संरक्षण, रेखदेख, मर्मत, स्याहार सम्भार तथा सरसफाई गर्न नसक्ने भएमा संयुक्त आवास भवन र सामूहिक क्षेत्र तथा सुविधाको संरक्षण, रेखदेख, मर्मत, स्याहार सम्भार तथा सरसफाई गर्ने कार्य गर्नको निमित्त आवास इकाई धनीहरुले आफूहरूमध्येबाट आवास व्यवस्थापन समितिको गठन गर्नेछन् र त्यस्तो समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम समिति गठन भएकोमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम संस्थापकले गर्ने भनिएका सम्पूर्ण काम कारबाहीहरु सोही समितिले गर्नेछ ।
(२) उपदफा (१) बमोजिम समिति गठन भएकोमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम संस्थापकले गर्ने भनिएका सम्पूर्ण काम कारबाहीहरु सोही समितिले गर्नेछ ।